• बैशाख २३ २०८१, आईतवार

गर्मीको खानपिन टिप्स

बैशाख १३ २०८१, बिहीबार

-गर्मीमा ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ । गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ । कारण यो मौसममा विशेषगरी टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्छ । गर्मी मौसममा पचाउन सजिलो हुने खानेकुरा मात्र खानुपर्छ।

-बिहान उठेको एक-डेढ घन्टाभित्र केही न केही खानुपर्छ अथवा ग्रिन टी सेवन गर्नुपर्छ । लामो समयसम्म खाली पेट बस्नाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुनपुग्छ । थोरै-थोरै समयको अन्तरालमा खाने गरेमा ओवर इटिङबाट बच्न सकिन्छ । बिहानको सुरुवात मन तातो पानीमा कागतीको रस र महसित गर्नु राम्रो हुन्छ ।

-गर्मीमा चिया-कफीको सेवन कम गर्नुपर्छ । यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती-पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदाजनक हुन्छ ।

-गर्मीको मौसममा घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ ।

-बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनुहुँदैन । त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ ।

-मिठाईको बदलामा फलफूल खानुपर्छ ।

-अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ ।

-पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ । गाजर, टमाटर, पालकबाहेक पानीको मात्रा भएको लौका जस्ता सब्जी राम्रो हुन्छ। यी सब्जीहरूमा क्यालोरी समेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुनेगर्छ ।