• जेष्ठ ५ २०८१, शनिबार

आगलागी नियन्त्रणका उपाय

बैशाख २२ २०८१, शनिबार

आगोको प्रयोग मासिनले ढुङ्गे युगदेखि नै गर्न थालेको हो र यो मानव जीवनका लागि अत्यावश्यक छ । आगलागीको विकराल रुप भने निकै विध्वंसात्मक हुने गर्दछ ।

नेपालमा हुने प्रमुख प्रकोपजन्य घटनामध्ये आगलागी पनि एक हो । नेपालमा हरेक वर्ष आगलागीमा परेर दर्जनौँ मानिसको ज्यान जाने गरेको छ । धेरैले घरबारविहीन हुनु परेको छ ।

सुक्खा तथा हुरीबतासको समय, खास गरी फागुनदेखि वैशाखसम्मको समय आगलागी हुने मुख्य समय हो ।

आगो लागिसकेपछि निस्कने धुलो, धुवाँ तथा खरानी तथा विषाक्त ग्यासले श्वास प्रश्वासको क्रममा मानव स्वास्थ्यमा ठुलो असर पु¥याउँछ । ग्रीष्मयाममा लागेको डढेलोले जम्मा गरेको खरानी र फोहोर वर्षायाममा बगेर पानीका विभिन्न स्रोतमा मिसिन पुग्छ र जलप्रदूषण गराउँछ । डढेलोबाट निस्कने कार्बनडाइअक्साइड, नाइट्रोजनअक्साइड जस्ता ग्यास हरित गृह प्रभाव र ओजन तहको विनाशका लागि जिम्मेवार मानिन्छन् ।

१) सतर्कताका साथ आगोको प्रयोग गर्ने र काम सकिएपछि निभाउने ।
२) हावा चलेको बेला आगो नबाल्ने, चुरोट बिँडीका ठुटा जथाभावी नफाल्ने र निभाएर मात्रै फ्याँक्ने ।
३) सलाई, लाइटर, मटितेल, पेट्रोल, ग्यास जस्ता आगो लगाउने वा प्रज्वलनशील पदार्थलाई केटाकेटीले नभेट्ने गरी सुरक्षित ठाउँमा राख्ने ।
४) आगो वा टुकी बाल्दा घरको छानो वा प्रज्वलनशील पदार्थको नजिक नबाल्ने ।
५)घरको विद्युत् वायरिङ ठिक छरछैन प्राविधिकलाई जचाइरहने ।
६) जङ्गलमा जथाभावी आगो नलगाउने ।