• जेष्ठ ५ २०८१, शनिबार

उमेर नपुग्दै बूढो देखिने समस्या बढ्दै

बैशाख २० २०८१, बिहीबार

तन्नेरी उमेरमा मानिसहरु स्वत: राम्रो देखिन्छन् ।  तर पछिल्लो समय खानपान, दैनिक जीवनको ब्यस्तता तथा शारीरिक ब्यायामको अभावमा उमेरभन्दा बुढो देखिने गर्दछन् ।

हुनत: उमेर बढ्दै जाँदा छालामा आउने रुखोपन र फिक्कापनले मानिसलाई बुढ्यौलीतर्फ लाने गर्दछ । अझ बुढेसकाल लाग्दै जाँदा छाला चाउरी पर्छ । र शरीर पनि बिस्तारै जीर्ण तथा कमजोर हुँदै जान्छ । मानिस सदैव एउटै उमेरमा रहन सक्दैन, यो प्राकृतिक प्रक्रिया हो । तर, कतिपय अवस्थामा भने मानिसको उमेर नपुग्दै बुढ्यौलीपना देखापर्छ । यसलाई डाक्टरको भाषामा एन्टी एजिङ भनिन्छ ।

एन्टी एजिङ समस्याको कारण के हो भन्ने बारे तथ्य पूर्णरुपमा आजसम्म पत्ता लागेको छैन । तर मानिसको वंशानुगत गुण, खानपान तथा वातावरणको असर, उमेर नपुग्दै देखिने बुढ्यौलीपनाको कारण मानिन्छ । दैनिक जीवनमा हामीले भोग्ने धुलो, धुँवा, शारीरिक ब्यायामको अभाव लगायतका कारणले हाम्रो छालामा असर गर्छ । जसका कारण उमेर बढ्दै जादा छाला पातलो हुने साथै छाला र मांसपेशीबीचमा बोसो कम हुन जान्छ । यसरी बोसो कम हुँदा अनुहार लगायतका शरीरका अन्य अंगको छाला चाउरिन थाल्छ र बिस्तारै झोलिन्छ । छाला खुम्चिदै गएपछि मानिसमा बुढ्यौलीपनाको समस्या देखिन थाल्छ ।

उमेर नपुग्दै आउने बुढ्यौलीपना नियन्त्रण गर्न मानिसले दैनिक ब्यायाम गर्ने, पौष्टिक खानेकुरा खाने, जीवनशैली परिवर्तन गर्ने र स्वच्छ वातावरणमा रहने गर्नुपर्छ ।