• जेष्ठ ५ २०८१, शनिबार

सुनको भाउ घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

बैशाख १७ २०८१, सोमबार

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।