• जेष्ठ ५ २०८१, शनिबार

हात्तीपाइले रोगबारे जान्नैपर्ने कुरा

बैशाख १७ २०८१, सोमबार

हात्तीपाइले (फाईलेरिया) रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ ।

हात्तीपाइले रोगका लक्षणहरू

> ज्वरो आउने
> शरीरमा कम्पन हुने
> लिम्फनलीहरू सुन्निने र रातो भई दुख्ने
> हातखुट्टामा निला धर्साहरू देखिने
> शरीरका विभिन्न भागमा गिर्खाहरू बढ्ने तथा पुरुषको अण्डकोष वरपर नसाहरू फुल्ने
> पुरूषमा अण्डकोष ठुलो भई हाइड्रोसिल हुने
> महिलामा यौनाङ्ग तथा स्तन सुनिने र दुख्ने
> खुट्टाहरू सुन्निएर हात्तीपाइले हुने
> पिसाब सेतो वा रातो आउने
> लामो समयसम्म सुख्खा खोकी लागिरहने
> दम बढ्ने तथा रगतमा इसिनोफिलिया बढ्ने आदि ।
दुई वर्ष मुनिका बालबालिकाहरू, गर्भवती महिला तथा सात दिनभित्रका सुत्केरीहरू र ओच्छ्यान लागेका सिकिस्त बिरामीहरूबाहेक सबैले यस रोगबाट उत्पन्न हुने समस्याहरूबाट छुटकारा पाउन अनिवार्य रूपमा यो औषधी सेवन गर्न सकिने कुरा जानकारी गराइन्छ ।