• जेष्ठ ५ २०८१, शनिबार

घले समाज मकवानपुरको भवन निर्माण सम्पन्न गर्न ५५ हजार रकम सहयोग

बैशाख १७ २०८१, सोमबार

काठमाडौं । लिलफङ (घले समाज) मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडानम्बर १२ स्थित ठिंगन गाउँमा बनाउन लागिएको घले समाजको भवनलाई आवश्यक पर्ने सामाग्री खरिदका लागि बेलायतमा बसोबास गर्दै आएका धन घलेको अगुवाईमा आर्थिक संकलन गरी नेपाल पठाइएको छ ।

धन घलेको अगुवाईमा संकलन गरिएको रु. ५५ हजार रकम एक समारोहकाबीच समाजसेवी तथा घले समाज लमजुङका अध्यक्ष वीरसिङ घलेले घले समाज मकवानपुरका कमल घले र जगत घलेलाई हस्तान्तरण गरे । घले समाज मकवानपुरको भवन निर्माणमा सहयोग गर्ने चन्दादाताहरुको नामवली यसप्रकार रहेको छ ।

१) राम घले-बारपाक हाल बहराइनबाट-रू. १०,०००/-
२) पुरु घले-बारपाक हाल बहराइन-रू. ५,०००/-
३) धन घले-बारपाक हाल युके-रू. १०,०००/-
४) दान घले-कास्की घले खर्क, हाल युके- रू. १०,०००/-
५) गंगा घले-नुवाकोट-हाल दुबईबाट
रू. १०,०००/-
६) ओम घले-गोरखा बारपाक, हाल  हंगकंगबाट-रू.५०००/-
जम्मा- रू.५५,०००/-
मकवानपुरको बकैयामा बसोबास गर्दै आएका घलेहरुको इतिहास छोटकरीमा यस्तो रहेको छ । घले समुदाय बसोबास गर्नेक्रममा गोरखा बारपाकबाट बसाई सर्दै आउने क्रममा बारा जिल्लाको सिम्रौनगढ र मकवानपुरको मकवानपुर फाँट हुँदै हालको बकैया गाउँपालिकाको वडानम्बर १२ को तिनघरे भन्ने गाउँ, जहाँ बारपाकबाट ३ घर घलेहरु बसाई सर्दै आउनेक्रममा सो ठाउँमा पुगेकोले सो ठाउँको नाम तिनघरे रहन गएको बताइन्छ ।

सो ठाउँमा पनि कृषि कार्य गर्दा बारीको माटोमा धमिरा देखिएपछि सो स्थानमा औलो रोग लाग्ने डरले त्यहाँबाट पनि बसाई सर्दै त्यहीँ गाउँको सिधा माथि डाँडामा फँडानी गरी बसोबास गर्दा त्यस ठाउँमा धमिरा नभेटिएपछि सो ठाउँ बस्नको लागि उपयुक्त ठानेर बसाई सरे ।

यसरी यो ठाउँबाट अब बसाई सराई नगर्ने र हाल बकैया गाउँपालिकाको वडानम्बर १२ ठिंगन भन्ने ठाउँमा स्थायी बसोबास गरी बस्ने र अन्यत्र नजाने भनी ठेगान गरेकोले सो गाउँको नाम ठेगान रहेको तर पछि ठेगान अपभ्रंस भएर ठिंगन भएको हो । विक्रम संवत् १८७२ तिर त्यसरी फँडानी गरी घलेहरु त्यहाँ बसोबास गरेको इतिहास रहेको छ ।

हाम्रो पोषाक हाम्रो पहिचान ! यसको संरक्षण गर्ने हाम्रो अभियान !! ‘हाम्रो घले भेषभुषा, भाषा, धर्म र संस्कृतिको सरक्षण गरौं’ भन्ने नारासहित घले समाजले अभियान चलाउँदै आएको छ ।

मकवानपुरमा घले समाजको घर निर्माण सम्पन्न हुन लागेकोमा आफूहरु निकै खुशी भएको रकम संकलनको पहलकर्ता वीरसिङ घलेले बताए ।
https://fb.watch/rLdzOMA9Ft/