• जेष्ठ ५ २०८१, शनिबार

काँचो आँप खानुका फाइदा यस्ता छन् –

बैशाख १७ २०८१, सोमबार

आँपलाई फलको राजा भनिन्छ । आँप पाकेको जति मिठो हुन्छ, काँचो पनि मन पराउने धेरै हुन्छ । आँप गर्मीको मौसममा हुने गर्छ, जस कारण धेरै गर्मी हुँदा अमिलो मन पराउने वा नपराउने दुवै व्यक्तिले काँचो आँप मन पराउँछन् । काँचो आँप खाँदा बेफाइदा मात्रै छैन फाइदा पनि छ । काँचो आँपमा विटामिन-ए,सी र ई बाहेक क्याल्शियम, फस्फोरस र फाइबर प्रसस्त मात्रामा पाईन्छ ।काँचो आँप खाँदा के के होला त फाइदा भन्नेबारेमा यहाँ जानकारी दिन खोजिएको हो ।

काँचो आँप खाँदा यस्ता छन् ५ फाइदा :
१. काँचो आँप खाँदा पेट सम्बन्धि समस्या निको हुन्छ ।
२. काँचो आँपले शरीरको रोग प्रतिरोधक क्षमता ठीक बनाई राख्न मद्वत गर्दछ ।
३. काँचो आँपमा विटामिन-सी हुन्छ जसले रक्त कोशिकालाई लचीलो बनाउछ र शरिरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।
४. गर्मी महिनामा भोक नलाग्ने, अपच हुने समस्या हुन्छ यस्तो समयमा काँचो आपको अचार बनाएर खाना खाएमा फाईदा गर्छ ।
५. काँचो आँपमा फाइबर भरपूर मात्रामा हुन्छ जसले शरिरमा जमेर बसेको चिल्लोलाई घटाई तौल कम गर्न मद्दत गर्छ ।