• जेष्ठ ५ २०८१, शनिबार

लुम्बिनी प्रदेश सभाका सभामुख घर्ती नेतृत्वको भ्रमण टोली चीन प्रस्थान

बैशाख २२ २०८१, शनिबार

२२ बैशाख । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगर नेतृत्वको प्रतिनिधि भ्रमण टोली आज शनिबार चीनतर्फ प्रस्थान गरेका छन् ।

भ्रमणमा सभामुख घर्तीमगरसँगै उनको धर्मपत्नी दिलकुमारी रोका, उप-सभामुख मेनुका खाँडकेसी, एमाले संसदीय दलका प्रमुख सचेत तुलसीप्रसाद चौधरी र प्रदेशसभा सचिव दुर्लभकुमार पुन रहेका छन् ।

छुङ्किङ् अन्तर्राष्ट्रिय साँस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उनीहरु आज शनिबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका हुन् । छुङ्किङ् रहँदा प्रतिनिधिमण्डलले छुङ्किङ् म्युनिसिपल पिपुल्स कांग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

सभामुख घर्तीमगरले भ्रमणले चोङकिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको संचार सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको बताए । छुङकिङ महानगरको चिनको ठूलो ४ महानगर मध्ये एक महानगर हो ।

एक साता लामो चिन भ्रमणको क्रममा त्यहांको सांस्कृतीक, ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमण र संसदीय अभ्यास तथा त्यहाँको विकासको मोडलको बारेमा पनि अध्ययन अवलोकन भ्रमण गरिने सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।