• जेष्ठ ५ २०८१, शनिबार

अण्डा खानुका फाइदा

बैशाख १८ २०८१, मंगलवार

विभिन्न पोषक तत्वले भरिपूर्ण अण्डामा क्याल्सियम, आइरन तथा प्रोटिन पाइन्छ । अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुर्‍याउछ ।

अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । विज्ञहरूका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ कि त्यसले एउटा कोषलाई चल्लामा बदल्न पुग्छ । अण्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । त्यसैले अण्डालाई पोषणविज्ञहरूले सुपर फुडको उपमा समेत दिने गरेका छन् । अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन् । यस्तो गुणकारी अण्डा खानुका केही फाइदा यस्ता छन् :

  • मोटोपन घटाउन सहयोग गर्छ : अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यताका कारण दुब्ला मानिसहरूले मोटाउनकै लागि अण्डा खाने चलन नभएको होइन । तर यथार्थ के हो भने अण्डाले दुब्लालाई मोटाउनभन्दा मोटोपनाबाट पीडित मानिसहरूलाई वजन घटाउन सहयोग पुर्‍याउाछ । बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानेकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरूलाई वजन घटाउन सहयोग मिल्छ । अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरूलाई फाइदै पुग्छ ।

 

  • आँखाको सुरक्षा : अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छअण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छन् । यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिविहीन हुने जोखिमलाई दूर गर्छ ।

 

  • उच्च गुणस्तरीय प्रोटिन:  अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । प्रोटिन मानव शरीरको मुख्य संरचनागत तह हो । शरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ । त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन आवश्यक पर्छ । अण्डा प्रोटिनको निकै राम्रो स्रोत हो । एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ । अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ । विज्ञहरूका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खानु उपयुक्त हुन्छ।