• बैशाख २३ २०८१, आईतवार

छाति पोल्नुका ८ कारण

बैशाख १२ २०८१, बुधबार

क्यान्सर
छाती पोल्ने समस्याले घाँटीमा र पेटको आन्द्रामा हुने क्यान्सरको संकेत गर्छ । पेटभित्रको आन्द्रामा  बग्ने एसिडले तन्तुहरुलाई खराब गरिदिन्छ र यसमा एसोफ्यागस एडिनोकापर्सिनोमा विकसित हुन्छ। एक बेरियाट्रिक सर्जन लिनास वेनक्लासकासका अनुसार छाती पोल्ने समस्याका कारण समयमा नै पत्ता लगाएर उपचार नगराएमा ब्यारेट्स एसोफ्गस बढ्न सक्ने र यसले पाचन प्रक्रियामा असर पार्छ । यसलाई प्रिक्यान्सर रोग भनिन्छ ।

हायटस हर्निया
जब पेटको डायफ्रामको कमजोरीका कारण छातीको तल्लो भागलाई माथितिर धकेल्छ यसलाई हायटस हर्निया भनिन्छ । यस समस्यामा छातीमा दुखाई र पोल्ने समयमा उपचार गराउन पर्छ । यस्तो समस्या ५० वर्षभन्दा माथिको उमेरमा हुने गर्छ ।

पेप्टिक अल्सर डिजीज 
पेप्टिक अल्सर डिजीजका कारण प्रायः छातीमा जलन हुन्छ । छाती पोल्ने समस्या र पेप्टिक अल्सरको लक्षण उस्तै हुन्छ । वान्ता हुन खोज्ने, पोल्ने र दुख्ने र दिसाको रंग परिवर्तन हुने हुन्छ ।

हृदयघात 

सामान्य मानेर मानिसहरु छाती पोल्ने समस्यालाई बेवास्ता गर्छन् । छाती पोल्ने वा दुख्ने, तीव्र गतिमा मुटुको धड्कन बढ्ने, पाचन प्रक्रियामा समस्या, पाचन प्रक्रियामा समस्या जस्ता लक्षणहरु हृदयघातको लक्षण मानिन्छ । छातीमा जलन सँगै दुखाई, स्वाद नमिठो हुने र सुत्दा दुखाई बढ्ने, अमिलो पिरो खाएपछि जलन झन् धेरै बढ्ने जस्ता लक्षण भने छाती पोल्नु नै हो ।