• बैशाख २३ २०८१, आईतवार

फ्रेस ‘माइण्ड’का लागि ‘डोपामाइन’

चैत्र २१ २०८०, बुधबार

चिकित्सकको खोज अहिले पनि सर्वसाधरणका लागि अज्ञात नै छ । स्वास्थ्यका अधिकांश र अनिवार्य कुरा सर्वसाधरणका लागि अज्ञात रहिरहेका छन् । नेपालको संविधानमा स्वास्थ्य आधारभूत आवश्यकता र नैसर्गिक अधिकारका रूपमा व्याख्या गरिएको छ । तर व्यवहारमा त्यो ‘आकाशको फल आँखा तरी मर’ जस्तै बनिरहेको छ ।

मानिसको शरीर आफैमा एक सजीव प्राकृतिक संयन्त्र हो । यसले आफूलाई बचाउने र बनाउने काम गर्छ । शरीरका लागि अतिआवश्यक कुरा उत्पादन गर्ने र शरीरलाई जीवन्त र सकारात्मक तथा सन्तुलित बनाइराख्ने काम स्वयम् शरीरले गरिरहन्छ । यसका लागि मानिसमा सकारात्मक सोच र सकारात्मक व्यवहार जरूरी छ ।

यसका लागि मानिसले सबैभन्दा पहिले सकारात्मक रूपमा सोच्न सक्नुपर्छ । तर यो मैले सकारात्मक सोच्छु भनेर चिन्तन गरेर मात्र हुँदैन । शारीरिक क्रिया, प्रक्रिया र आहारविहार पनि पु¥याउनुपर्छ । यसका लागि मानिसको मस्तिष्कलाई सकारात्मक कुरा सोच्न र खुसी हुन प्रेरित गर्ने वातावरण निर्माण गरिनुपर्छ । यसको मूल वस्तुवादी स्रोत हो, डोपामाइन हार्मोन र यसको उत्पादन !

हाम्रो मस्तिष्कमा डोपामाइन हार्मोन उत्पादन हुन्छ । यो दैनिक निकै कम मात्रामा उत्पादन हुने गर्छ । तर एउटा जान्नै पर्ने कुरा के हो भने हामी खुसी भएको बेला र फुरूङ्ग भइरहेको बेला यो हार्मोन बढी उत्पादन हुन्छ । राम्रो खबर सुन्दा, मनपर्ने खाना खाँदा, इच्छाएको ठाउँ घुम्दा, यो हार्मोन बढी मात्रामा उत्पादन हुन्छ ।

खुसी र डोपामाइन हार्मोनको सम्बन्ध द्वन्द्वात्मक रहेको छ । मन खुसी हुँदा डोपामाइन हार्मोन उत्पादन हुन्छ, फेरि जब डोपामाइन हार्मोन उत्पादन हुन्छ, तब मनमा अत्यन्त खुसी पैदा हुन्छ । मनमा प्रेरणा, हृदयमा खुसी र शरीरमा विश्रामका बेलामा सकारात्मक भावना उत्पन्न हुन्छन् । यो काम डोपामाइन हार्मोनको हो । यसले स्मरण क्षमता बढाउने, शरीरमा ऊर्जा उत्पादन गर्ने र मुड फ्रेस बनाउने काम गर्छ ।

अन्य प्राणीको अलावा मानव जातिको मस्तिष्कमा ‘हाइपोथलामस’ ग्रन्थि हुन्छ । हाइपोथलामस ग्रन्थि भावनासँग प्रत्यक्ष जोडिएको हुन्छ । मन पर्ने मान्छेलाई भेट्दा, मन परेको संगीत सुन्दा हाइपोथलामस ग्रन्थि सकारात्मक रूपमा प्रभावित हुन जान्छ । परिणामतः यसले डोपामाइन हार्मोन उत्पादन गर्न सहजीकरण गर्छ । हामी त्यति बेला खुसी हुन्छौं ।

तर शरीरमा डोपामाइन हार्मोन सन्तुलित रूपमा उत्पादन हुनुपर्छ । शरीरमा डोपामाइन हार्मोनको कमी भयो भने ‘पार्किन्सन’ रोग लाग्छ । पार्किन्सन रोग भनेको बिर्सने समस्या हो । यसले हातखुट्टा राम्ररी नचल्ने, बोली लर्बराउने आदि लक्षण पनि देखाउँछ । पार्किन्सन बिरामीलाई डोपामाइन दिनु यही कारणले गर्दा हो ।

तर यसको उल्टो, डोपामाइनको मात्रा बढी भयो भने उक्त व्यक्तिको मुड परिवर्तन भइरहने, आक्रामक हुने समस्या देखा पर्दछन् । त्यसैले स्वस्थ र सन्तुलित आहार विहार जरूरी छ यसका लागि । मानिसका लागि शारीरिक तथा मानसिक स्वास्थ्य बराबर महत्वपूर्ण छ । डोपामाइनको कमी हुन नदिन भने प्राकृतिक र सन्तुलित आहारा जरूरी हुन्छ ।

नियमित व्यायाम गर्ने बानीले मनमा प्रफुल्लता ल्याउँछ । यसका लागि निद्रा पनि उत्तिकै पु¥याउनु पर्छ । शरीरमा प्राकृतिक रूपमा डोपामाइन चक्रलाई पूरा हुन दिन र सन्तुलित बनाइराख्न ६ देखि ८ घण्टासम्म राम्ररी निदाउनु पर्छ । सूर्यको किरणले पनि शरीरमा डोपामाइनको मात्राालाई बढाउँछ ।