• बैशाख २३ २०८१, आईतवार

स्थानीय लोपोन्मुख संस्कृति संरक्षणमा रोल्पाको सुनछहरी गाउँपालिका

माघ २८ २०८०, आईतवार

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकाले पहिलो पटक रैथाने संस्कृतिको संरक्षणमा अग्रसरता देखाएको छ । आफ्नो संस्कृति,रितिरिवाज र परम्परादेखि चल्दै आएको परम्परागत संस्कृतिको जगेर्नाको उद्देश्यले गाउँपालिकाले २२ माघदेखि २५ गतेसम्म पहिलो बृहत् सुनछहरी सांस्कृतिक महोत्सव तथा स्रष्टा सम्मान गर्यो ।सम्भवत रैथाने संस्कृतिक महोत्सव रोल्पा जिल्लाकै पहिलो हो ।

नेपालमा ठाउँ अनुसार विभिन्न भेगमा आफ्नै संस्कृति र परम्परा छन् । कतिपय ठाउँमा स्थानीयले आफ्नो पहिचानसहितको सांस्कृतिक सम्पदा र भाषा र लिपी संरक्षण गरेका छन । त्यस्तै रोल्पाको सुनछहरी गाउँपालिकाको एक मात्रै उद्देश्य आफ्नो ठाउँको भेषभुषा र संस्कृतिको संरक्षण मात्रै गर्नु नभई पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरणका लागि रैथाने संस्कृतिको महोत्सवको आयोजना गरेको हो। संस्कृति एउटा पहिचान पनि हो जसले समाजलाई जीवन्त राख्ने काम पनि गरिरहेको हुन्छ ।

प्राकृतिक र धार्मिक रुपमा जस्तै सांस्कृतिक रुपमा पनि सुनछहरी गाउँपालिका उत्तिकै धनी छ । संस्कृति भनेको समाजको सोच, विचार, काम गर्ने प्रकृति आदिमा निहित हुन्छ । प्रकृतिको मूल अवस्थाबाट संस्कार गरिएको मानवीय व्यवहार संस्कृति हो भने प्रकृतिलाई अपचलन गरिएको वा विचलित भएपछिको स्थितिलाई विकृति भनिन्छ । यही संस्कृतिलाई पछिल्लो पुस्ताले भुल्दै गइरहेका बेला सुनछहारी गाउँपालिकाले रैथाने संस्कृतिको संरक्षणका प्रयास गरेको गाउँपालिका अध्यक्ष धनबहादुर पुनको भनाई छ ।

सुनछहरी गाउँपालिका पर्यटकीय र धार्मिक रुपमा प्रख्यात त थियो नै हालै गरेको महोत्सवले रैथाने संस्कृतिमा पनि उत्तिकै धनी भएको प्रमाण यहाँ देखाइएको विभिन्न नाँच, कला संस्कृतिले त्यसको पुष्टि गरेको वडा नम्बर २ का वडाध्यक्ष कृष्ण बुढा मगर बताउँछन्। आफ्नो पहिचान र संस्कृति भुल्दा भोलीको पुस्ताले हामी कुन संस्कृतिमा छौ हाम्रो अस्तित्व के हो भन्ने कुरामा अन्यौलता सिर्जना नहोस् भनेर गाउँपालिकाले महोत्सवको आयोजना गर्यो । आफ्नै ठाउँका स्थानीयलाईआफ्नै भाषा र संस्कृति र संस्कार चिनाउने अवसर हो गाउँपालिकाको रैथाने संस्कृति महोत्सव ।

संस्कृति भनेको प्राकृतिक वस्तु होइन । सिक्ने वा आर्जन गर्ने वस्तु हो । संस्कृतिमा मानिसले जन्म वा वंशानुगत रूपमा प्राप्त हुने निश्चित व्यवहारहरू हुन्छन् भने व्यक्तिले आफ्ना पूर्वजहरूबाट सामाजिक व्यवहारहरू उत्तराधिकारका रुपमा प्राप्त गर्दछ । अभौतिक संस्कृति विचार, आदर्श, भावना र विश्वाससँग सम्बन्धित हुन्छन् । लोकगीत, भाषा, परम्परागत ज्ञान, जैविक विविधता सहितका महत्त्वपूर्ण परिदृश्यहरू अमूर्त संस्कृति अन्तर्गत पर्दछन् । सामाजिक मूल्यमान्यता र परम्पराहरू, चालचलन र अभ्यासहरू, सौन्दर्य र आध्यात्मिक विश्वासहरू, कलात्मक अभिव्यक्ति, भाषा र मानव गतिविधिका उत्कृष्ट पक्षहरू पनि अमूर्त संस्कृति अन्तर्गत पर्दछन् ।

संस्कृतिका आफ्नै विशेषताहरू हुन्छन् । संस्कृति संचयीकृत हुन्छ । संस्कृतिमा समावेश भएका विभिन्न ज्ञानहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका हुन्छन् । संस्कृति परिवर्तनशील हुन्छ । ज्ञान, विचार र परम्पराहरू अद्यावधिक र नयाँ संस्कृतिसँग अन्तरघुलित हुन्छन् । संस्कृति भनेको जीवन पद्धति हो । हामीले खाने खाना, लगाउने लुगा, बोल्ने भाषा र पूजा गर्ने भगवान र हामीले सोच्ने पद्धतिको प्रतीक हो संस्कृति। संस्कृतिले मूर्त र अमूर्त वा भौतिक र अभौतिक वस्तु र भावनाहरू, विचारहरू समेटेको हुन्छ जुन हामीले परिवार र समाजको सदस्यको रूपमा पुस्ता दरपुस्ता प्राप्त गरेका हुन्छौं । पछिल्लो समय नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई भूल्दै पश्चिमा संस्कृति अंगाल्दै आइरहेको अबस्थामा सुनछहारी गाउँपालिकाले संस्कृतिको संरक्षणका लागि देखाएको भूमिका अतुलनीय छ ।

सुनछहरी गाउँपालिकाले किन ग¥यो रैथाने संस्कृतिक महोत्सव ?
”सुनौलो र सभ्य सुनछहरी, आत्मनिर्भर सुनछहरी” भन्ने मुल नाराका साथ गाउँपालिका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा २२ गतेदेखि २५ गतेसम्म महोत्सव चलेको थियो । रैथाने संस्कृति संरक्षणसँगै गाउँपालिकाले आफ्नो ठाउँलाई सभ्य र आत्मनिर्भर बनाउने उद्देश्यसमेत राखेको छ ।

रैथाने संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले यो वर्ष सांस्कृतिक महोत्सवको आयोजना गरेको सुनछहारी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन बताउँछन् । हामीले सांस्कृतिक महोत्सव गर्नुको एउटै मात्रै कारण परम्परागत रुपमा चल्दै आएको हाम्रो नाच, गित, भेषभुषा नयाँ पुस्तामा हस्तान्तरण नभइरहेका बेला रैथाने संस्कृतिको संरक्षणका लागि हामीले पहिलो पटक कार्यक्रम आयोजना गरेका हौ, अध्यक्ष पुन भन्छन्, हामीले यहीको संस्कृति जोगाउनका लागि भनेर बाहिरका मानिसलाई महोत्सवमा आमन्त्रण गरेनौ ।’

स्थानीय लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने र रैथाने ‘सांस्कृतिक चेत’लाई नयाँ पुस्तासँग जोड्ने गरी यो मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पुन बताउँछन् । पछिल्लो समय नयाँ पुस्ताले आफ्नो संस्कृति र रितिरिवाज भुल्दै गएको र बाह्य संस्कृतिले गाँज्दा आफ्नो पहिचान नै गुम्ने खतरा देखेपछि गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो । पुरानो र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने र आफ्नो रैथाने संस्कृति जोगाउने उद्देश्य गाउँपालिकाको रहेको छ ।

परम्परागत नाच हराउन हुन्न पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने उद्देश्य गाउँपालिकाको हो । हाम्रो ठाउँमा परम्परागत सांस्कृतिक पहिचानका नाचहरु के कति रहेछन् भनेर ७ वटै वडाबाट हामीले पुरानो नाच प्रर्दशन ग¥यौ, अध्यक्ष पुनले भने, त्यस्तै हामीसँग सैन्य युद्धकला सम्बन्धी नाच ५ नम्बर र ६ वटामा मात्रै थियो, त्यसलाई हामीले प्रर्दशन ग¥र्यौ । बैशेलु नाच हाम्रो त्यो ७ नम्बर वडामा मात्रै थियो सो नाचलाई पनि हामीले प्रर्दशन ग¥र्यौ । अब यो परम्परागत संस्कृति र संस्कार हराउन हुन्न, यो नै हाम्रो पहिचान भएकाले पुस्ता हस्तान्तरण गर्नपर्छ भन्ने उद्देश्यका साथ ग¥यौँ ।

‘महोत्सवले अहिले युवा पुस्तामा उत्साह जागेको छ,’ पुनले भने, ‘हामीले पुरानो पुस्ताबाट सिक्नुपर्ने रहेछ हाम्रो संस्कृति जोगाउनुपर्ने रहेछ भन्ने जागरण चेत खुलेको छ ।’ त्यस्तै हामीले एउटा वडाबाट झाँक्री नाच प्रर्दशन ग¥र्यौ, पुनले भने, ‘झाँक्री भनेको प्राचिनकालदेखिको बैदिक डाक्टर मानिन्छ, झारफुक गर्ने, उपचार गर्ने विभिन्न जडिबुटी पत्ता लगाउने उनीहरुको सास्त्र अधिकांश खाम भाषाबाट छ ।’ भाषाको सन्दर्भमा ७ वटै वडाको ३३ वटा विद्यालयमा मगर खाम भाषाको पाठ्यक्रम बनाएर लागू गरिएको छ । कक्षा १ बाट शुरु भएको खाम भाषा आउँदो वर्षबाट कक्षा २ र ३ मा शुरु गर्ने तयारी छ । महोत्सवको प्रमुख अतिथिमा रोल्पा जिल्लाका सांसद तथा माओवादीका उपमहासचिव वर्षमान पुन ‘अन्नत’, पूर्वसभामुख ओनसरी घर्ती मगर लगायतको उपस्थिती रहेको थियो ।

 

स्रष्टा सम्मान गर्नुको उद्देश्य
सुनछहारी गाउँपालिकाले गाउँका स्रष्टा सम्मान गरेको थियो । सुनछहरी गाउँपालिकामा जन्मेर साहित्य, कला, सञ्चार र खेलकुद र पर्यटनको क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै १९ जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो । जो राजधानी काठमाडौंदेखि विदेशमा बसोबास गरिरहेका छन् । यसको मुख्य उद्देश्य भनेको सुनछहरी गाउँपालिकामा जन्मेर राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रतिनिधित्व गरिरहनु भएको छ उहाँहरुलाई सुनछहरी गाउपालिका तपाईको जन्मभूमि हो नबिर्सनुस् है भन्ने स्मरण गराउनु हो । साथै उहाँहरुको ज्ञान, सिप, कला अब आउने पुस्ताले पनि सिकुन् र राम्रो काम गर्दा सम्मान पाइने रहेछ स्थानीयलाई सचेतना गराउन पनि सो सम्मान कार्यक्रम गरिएको अध्यक्ष पुनको भनाई छ ।

संस्कृतिको संरक्षण गर्ने, देशव्यापी रुपमा चिनाउने उद्देश्य पनि हो । सुनछहारी गाउँपालिकामा कस्तो खालको प्रतिभाहरु रहेछन्, कस्तो खालको कला रहेछन् र वास्तविक जनताको क्षमता के कति रहेछन् भन्ने कुरा पनि बुझ्नु थियो । चार दिनको महोत्सवले हामीलाई प्रशस्त ज्ञान प्राप्त भएको छ । साथै प्रत्येक वडामा १ सय १ कला र संस्कृति रहेको हामीले पायौ, अध्यक्ष पुनले भने, ‘हामीले हजारौ वर्षदेखि चलिआएको संस्कृति देख्न नसकेको सयौ प्रतिभा पनि देख्न पायौ ।’ अब आगामी दिनमा नीति तथा बजेट कार्यक्रममा समावेश गरेर अघि बढाउने तयारीमा रहेको छ ।

१९ जना व्यक्तित्वहरुलाई सम्मानपत्रले सम्मानित गरिएको थियो । साहित्य, गीतसंगीत, खेलकुद, पत्रकारिता, समाजसेवा लगायतका विधाबाट सम्मानित गएिको हो । जसमा क्षितिज मगर(साहित्यकार), कुष्मा महरा (कलाकार ) , हिम विष्ट (पत्रकार ), पृथ्वी पुनमगर (पर्यटन अभियान्ता), खबपु पुन (कलाकार ), अमर रोका (कलाकार ), विष्णु सन्यास(साहित्यकार), रमिला बुढामगर, संगीत मगर(कलाकार ), शर्मिला रोकामगर(खेलाडी ), जीवन बुढामगर(व्यावसायि तथा मिडिया उद्यमी), राज एकान्त(साहित्यकार) सन्तोष हरदम(साहित्यकार), गणबीर बुढामगर(कलाकार ), बीरमान घर्तीमगर(खेलाडी ), प्रशान्त पुनमगर(खेलाडी ), युग सर्वनाम(कलाकार ), भरत रोकामगर(खेलाडी ), पवित्रा घर्तीमगर (कलाकार ) लगायत सम्मानित भए ।

गाउँपालिकाले रैथाने संस्कृतिको संरक्षण किन गर्न खोज्यो ?
संस्कृति गतिशील र परिवर्तनशील हुने भएकाले यसमा हस्तक्षेप हुने सम्भावना पनि हुन्छ । यस्ता हस्तक्षेपबाट जोगिनका लागि गाउँपालिकाले अग्रसरता देखाएको हो । हुन त रैथाने संस्कृतिको संरक्षण सरकारबाटै हुनुपर्ने हो तर, सुनछहारी गाउँपालिकाले आफ्नो ठाउँको रैथाने संस्कृति र परम्परालाई जोगाउन पहलकदमी लिएको छ । नेपाली जीवन, कला कौशल, ज्ञान विज्ञान, हाम्रो सामाजिक जीवन, व्यापार, सङ्गठन, उत्सव, चाडपर्व आदि सबै संस्कृतिका अङ्ग हुन् । तर पछिल्लो समय हाम्रा मौलिक मूल्य र मान्यता हराउन थालेको अनुभूति गाउँपालिकाले गरेको देखिन्छ ।

एकातिर पाश्चात्य संस्कृतिको प्रभावका कारण नेपालीहरू आफ्नो धर्म, दर्शन र संस्कृति बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालिरहेका बेला गाउँमै भएको परम्परागत संस्कृति लोप हुँदै जाने त होइन भन्ने डरका कारण पनि गाउँपालिकाले अग्रसरता देखाएको छ । संस्कृति र संस्कारको पहिचान नामेट हँुदै गए भोली हाम्रो पहिचान के हो भन्ने विर्सन सक्ने भएका कारण पनि गाउँपालिकाले राम्रो सन्देश दिन खोजेको छ ।

आफ्नो रहनसहन, भाषा, भावना र विचारलाई त्यागेर आफ्नो सांस्कृतिक स्वाभिमान बिर्सदा हामी पश्चिमको नक्कल गर्ने व्यावहारिक अभ्यासदेखि साहित्यिक चिन्तनले हामी आफैलाई भूल्ने प्रयास नहोस् भन्ने गाउँपालिकाको उद्देश्य हो । त्यसैले गाउँपालिकाले आफ्नै गाउँमा जन्मिएर विभिन्न क्षेत्रमा परिचित भएकाहरुलाई स्रष्टा सम्मानको कार्यक्रम राखेको हो ।

 

कसरी भइरहेछ संस्कृतिको संरक्षण
शिक्षा र संस्कृतिका क्षेत्रमा विज्ञानको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै संयुक्त राष्ट्र संघले युनेस्को स्थापना गरेको छ । युनेस्कोको काम शिक्षा र संस्कृतिको संरक्षण र प्रवद्धन गर्नु हो । युनेस्कोको पहलमा सन् १९५४ मा सांस्कृतिक सम्पदाको संरक्षणका लागि हेग कन्भेन्सनमा सांस्कृतिक संरक्षण सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो । विशेष गरी पुरातात्विक क्षेत्रमा लुटपाट, खन्ने कामबाट रोकथाम, विश्वभरका चर्च, मस्जिद, मन्दिर र सङ्ग्रहालयहरूबाट कलाकृतिको चोरी हुनबाट रोक्ने उक्त सन्धिको मूल विषयवस्तु रहेको थियो । सांस्कृतिक सम्पदाको संरक्षण व्यावहारिक पहलमात्र नभएर कानुनी संरक्षण दिन अन्तर्राष्ट्रिय सम्झौता र कानूनहरूसमेत निर्माण गरी युनेस्कोले लागु गरेको छ ।

दक्षिण एसियाली सम्पदाका हकमा शास्त्रीय सभ्यता विशेष गरी वैदिक सनातन परम्पराको संरक्षणलाई सर्वोच्च महत्त्व दिएका छन् । स्थानीय समुदाय र स्थानीय सहभागीता बिना सांस्कृतिक संरक्षण असम्भव हुने हुनाले नैतिकता र सामाजिक विचारहरूको ठोस आधार लिएर मात्र यस्तो काम सम्भव छ भन्ने संयुक्त राष्ट्र सङ्घ र युनेस्कोको निष्कर्ष रहेको छ ।

संविधानमै उल्लेख छ सांस्कृति सभ्यता र सम्पदाको संरक्षण
नेपालको संविधानमा प्रत्यक व्यक्ति र समुदायलाई आफ्ना भाषा, लिपि, संस्कृति, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्न मौलिक हकका रूपमा उल्लेख गरिएको छ । त्यसै गरी संविधानको राज्यको निर्देशक, सिद्धान्त, नीति तथा दायित्वको धारा ५१ को (ग) को (१) देखि (७) सम्म सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिमा पनि उल्लेख गरिएको छ ।

महासन्धीको अनुमोदन

युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ लाई नेपालले २०१० जुन १५ मा तदनुसार १ असारमा २०६७ मा हस्ताक्षर गरी पक्ष राष्ट्र बनिसकेको छ । यो महासन्धिलाई हालसम्म १७२ सदस्य राष्ट्रहरूले अनुमोदन गरिसकेका छन् ।

उक्त महासन्धिको प्रावधानअनुसार हरेक राष्ट्रले अनुमोदन गरिसकेका छन् । उक्त महासन्धिको प्रावधानअनुसार हरेक, राष्ट्रले आफ्नो भूभागभित्र रहेका जाति, समुदाय रहेका अमूर्त सांस्कृतिक सम्पदाको विवरण सूचीकरण गर्ने, त्यसको संरक्षण गर्न, निरन्तरतामा जोड दिने, समुदायको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने, परम्परागत ज्ञान, सीप नयाँ पुस्तामा उपलब्धिमूलक र प्रभावकारी हस्तान्तरणबारे अध्ययन गर्ने आदि जस्ता राज्य प्रमुख दायित्व भएको उल्लेख गरिएको छ