• मंसिर १५ २०८१, शनिबार

जसपा विवादबारे निर्वाचन आयोगमा सुनुवाइ जारी

श्रावण ३ २०७८, आईतवार

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा ) को आन्तरिक विवादबारे निर्वाचन आयोगमा सुनुवाइ शुरु भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरू रहेको इजलासमा आइतबार बिहान ११ बजेदेखि सुनुवाइ शुरु भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । बहस सकिएपछि आयोगबाट निर्णय आउनेछ । यही इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो ।

जसपाको दुवै पक्षले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् ।