• कार्तिक ६ २०८३, बिहीबार

बडादशैंको आज टीकाको दिन, टीकाको शुभ साइत बिहान १०:२६ बजे

कार्तिक ५ २०८३, बुधबार

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज देशभर विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको विजयादशमी टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

विजयादशमीको विस्तृत विवरण:
देवी विसर्जन: टीका लगाउनुअघि बिहान ८:४९ बजे देवी विसर्जनको शुभ साइत रहेको छ।
दिशा निर्धारण: टीका ग्रहण गर्दा धार्मिक नियम अनुसार टीका थाप्ने व्यक्ति पश्चिम र टीका लगाइदिने मान्यजन पूर्व फर्कनुपर्ने समितिले जनाएको छ।
टीकाको अवधि: साइतमा टीका लगाउन नपाउनेहरूका लागि दिनभरि नै टीका लगाउन मिल्ने र यो क्रम आगामी कोजाग्रत पूर्णिमा सम्म जारी रहनेछ।