• कार्तिक ६ २०८३, बिहीबार

राष्ट्रपतिले गुरू पुरोहितबाट टीका लगाउने , सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छैन

कार्तिक ५ २०८३, बुधबार

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् ।

शीतल निवासस्थिति राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान शुभ साइत १०ः२६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि गतवर्षदेखि मुलुकले विषय परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षो उल्लासको वातावरण नभएको हुदा उक्त कार्यक्रम गरिएको छैन ।