इलाम । इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।आज बिहान अन्दाजी ६ः३० बजे इलामको देउमाई नगरपालिका १ चमैतास्थित चौरी बजारमा मे १ ज ३०४० नम्बरको बोलेरो गाडी सडकबाट करिब २ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक देउमाई नगरपालिका १ चमैता बस्ने अन्दाजी २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।