काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार (आज )बिहान बालकोट पुगेका थिए ।
ओली सरकारबाट बाहिरिएपछि जसपा नेताहरूसँग पहिलो पटक भेटवार्ता भएको भण्डारीले बताए ।
‘हामी शिष्टाचार भेटवार्ताको लागि बालकोट गएका हौँ। आज कुनै राजनीतिक विषयमा छलफल भएन। उहाँले सहकार्य जारी राख्नुपर्छ। केही दिनमै राजनीतिक भेटवार्ता बस्नुपर्छ भन्नुभएको छ।’ उनले भने।