• मंसिर १५ २०८१, शनिबार

पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात

श्रावण १ २०७८, शुक्रबार

काठमाडौँ। पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ।

मेयर जिसीलाई शुक्रबार बिहान करिब चार बजेको समयमा मस्तिष्कघात भएको हो ।

उच्च रक्तचापका कारण मेयर जिसीलाई मस्तिष्कघात भएको प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको स्वास्थ्य खतरामुक्त रहेको बताइएको छ।

मेयर जिसीलाइ थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित न्युरो अस्पताल लैजाने तयारी गरिएको छ।