• मंसिर १५ २०८१, शनिबार

सर्वोच्चको फैसलाविरुद्ध ओली समर्थकले गरे माइतीघरमा विरोध प्रदर्शन

असार २८ २०७८, सोमबार

काठमाडौं । सर्वोच्च अदालतको फैसला असंवैधानिक भन्दै ओली समर्थकहरुले माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले विरोध प्रदर्शन गरेका हुन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन भइरहेको छ ।

संसद् पुनःस्थापनाको फैसलापछि युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए ।

युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।