बैतडी। पहिरोका कारण गएरातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षाका कारण बैतडीको खोड्पे– बझाङ सडक खण्डअन्तर्गत बैतडीको ढोल्यामोडमा बिहीबार राति १० पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
सडकमा खसेको पहिरो जेसिभीको सहायताले पन्छाएपछि शुक्रबार मध्याह्न पौने १२ बजेदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
अवरुद्ध राजमार्ग करिब १४ घण्टापछि पुनः सञ्चालनमा आएको हो ।
राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट बैतडी र तराईका लागि छुटेका गाडी बीच बाटोमै रोकिएका थिए। रोकिएका गाडी सञ्चालनमा आएसँगै यात्रुहरू आआफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।
पहिरोका कारणले जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । फाइल फोटो