• कार्तिक १० २०८३, सोमबार

नेपाली क्रिकेट अमर रहोस् भन्दै प्रधानमन्त्री बालेनले एनपीएललाई दिए शुभकामना

कार्तिक १० २०८३, सोमबार

काठमाडौँ।  प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेकोमा सम्पूर्ण क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिता आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडीहरु, आयोजकहरु र क्यानलाई हार्दिक शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री शाहले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरुलाई हार्दिक स्वागत समेत गरेका छन् ।

उनले एनपीएल केही वर्षमै एक ठूलो खेलकुद महोत्सवको रुपमा विकसित भएको उल्लेख गर्दै नेपाली क्रिकेट अमर रहोस् भनेका छन् ।