काठमाडौँ। प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन गरेको छ । प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित बिज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा बिहीबार प्रकाशन गरेको हो ।
उतिर्ण उम्मेदवारहरुको अगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परिक्षण हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विकास विभाग, भर्ना तथा छनोट महाशाखाले जनाएको छ । उक्त नतिजाको पूर्ण विवरण नेपाल प्रहरीको वेवसाइटमा राखिएको छ ।