• बैशाख २२ २०८३, मंगलवार

अनियमितताको आरोप लागेका कर्णेल सैनिक प्रहरीको नियन्त्रणमा

असार २४ २०७८, बिहीबार

काठमाडौँ । अनियमितता गरेको आरोपामा नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाइँ पक्राउ परेका छन् । उनलाई सैनिक प्रहरीले नियन्त्रण गरी हाल जङ्गी अड्डाको सैनिक प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ ।

उनीविरुद्ध शान्ति मिसनका लागि लेबनानमा रहेका बेला अनियमितता गरेको आरोप लागेकाे छ । उनले अनुशासन र आचरण विपरितको कसुर गरेको आरोप समेत लागेको थियो ।

उनी त्यो बेला सिंह दल गणबाट लेबनान मिसनमा रहेका थिए । अहिले उनीमाथि सैनिक प्रहरीले छानविन गरिरहेको छ ।