• बैशाख २२ २०८३, मंगलवार

पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

असार २३ २०७८, बुधबार

सुनसरी । पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुन्दर हरैंचा नगरपालिका- ६ का २१ वर्षीय दिलीप श्रेष्ठलाई इटहरीकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

जेठ २० गते ती किशोरीमाथि बलात्कार भएको थियो। इलाका प्रहरी कार्यालयको टोलीले एक महिनापछि श्रेष्ठलाई लुकिछिपी बसिरहेको अवस्थामा घरबाटै पक्राउ गरेको हो।

जबरजस्ती करणी मुद्दामा उनीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।