काठमाडौं । सरकारले भोलि असार २४ गते चीनबाट खोप ल्याउने भएको छ । चीनबाट ल्याउन लागेको भोरोसेल खोपको पहिलो मात्रा डोज ५५ वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर लगाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताए ।
यसैगरी खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले पनि चीनबाट ल्याइने भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई दिइने बताए ।
चीनबाट ल्याइने ४० लाख डोज भ्याक्सिन माथिल्लो उमेर समूहबाट तल्लो उमेर समूहमा लगाउँदै जाने योजना रहेको बताइएको छ ।