• मंसिर १५ २०८१, शनिबार

शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग्दै सांसदले दिए अनसन बस्ने चेतावनी

असार २३ २०७८, बुधबार

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसद राधेश्याम पासवानले शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन् ।

बुधबार सभाको विशेष समयमा बोल्दै सांसद पासवानले जातीय विभेद गर्ने मन्त्रीलाई सरकारबाट नहटाए अनसन बस्ने चेतावनी दिएका छन् ।

सांसद पासवानले राजधानीमै रुपा सुनारमाथि जातीय विभेद भएको बताउँदै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपितलाई छुटाएकोमा आपत्ति जनाए । मन्त्री श्रेष्ठले राजीनामा नदिए अनसन बस्ने चेतावनी समेत दिए ।

उनले भने– ‘शिक्षामन्त्रीले आरोपीलाई आफ्नै सरकारी गाडीमा हालेर लैजानुभयो, यो संविधानको खिल्ली उडाएको त हैन ? यो सदनबाट म शिक्षा मन्त्रीको राजीनामा माग्छु । यदि राजीनामा नदिने हो भने संसदमा अनसन बस्न राजी हुन्छु ।’