• बैशाख २२ २०८३, मंगलवार

फेरि बढ्न थाल्यो संक्रमितको संख्या,पछिल्लो २४ घण्टामा २९७९ जनामा सङ्क्रमण

असार २३ २०७८, बुधबार

काठमाडौं । पछिल्लो समय लकडाउन खुकुलो पारिएसँगै दैनिक कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८ सय ३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ जना र ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३ सय ३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ ।