• बैशाख २२ २०८३, मंगलवार

शिक्षा मन्त्री श्रेष्ठलाई २९ गते अदालतमा उपस्थित हुन सर्वाेच्चको आदेश

असार २३ २०७८, बुधबार

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई असार २९ गते अदालतमा उपस्थित हुन सर्वाेच्च अदालतले आदेश दिएको छ ।

सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय विभेद गरेको भनि घरबेटी सरस्वती प्रधान र मन्त्री श्रेष्ठलाई पदबाट बर्खास्त गर्न भनि दिएको रिटमा सर्वोच्चले २९ गते मन्त्री श्रेष्ठलाई उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँगै दुबै पक्षलाई असार २९ गते अदालतमा छलफलका लागि बोलाएको छ ।

रुपा सुनारलाई जातका आधारमा कोठा भाडामा नदिएछि चर्किएको यो घटनामा मन्त्री श्रेष्ठ एकाएक मुछिन पुगेका थिए । सिंहदरबारको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्दा मन्त्री श्रेष्ठले घरबेटी प्रधानलाई सरकारी गाडीमा घर लिएर गएका थिए ।

जातीय विभेद गरेको भनि घरबेटीमाथि सबै खनिरहेको अवस्था मन्त्री श्रेष्ठको प्रवेशले झनै तरंग पैदा गर्यो । पछि मन्त्री श्रेष्ठले आफूले अब आइन्दा त्यस्तो काम नगर्ने भनेर क्षमायाचना पनि गरे ।

तर, रुपा सुनारले जातीय विभेद गर्नेलाई कारबाहीको माग गर्दै न्यायका लागि सर्वाेच्चमा मन्त्री श्रेष्ठ र घरबेटीविरुद्ध मुद्धा दायर गरेकी थिइन् । उनले दायर गरेको मुद्धामा मन्त्री श्रेष्ठको बर्खास्ती र घरबेटीलाई कारबाहीको माग गरिएको छ ।