• मंसिर ११ २०८१, मंगलवार

सप्तरङ्गी टीकाको महत्व

कार्तिक १८ २०८१, आईतवार

आज भाइटीका ।  चेलीबेटीले आफ्ना दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर भाइटीका मनाइँदै छ ।

आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टीका लगाइदिन्छन् ।
सप्तरङ्गी टीकाको पनि आ-आफ्नै महत्व छ ।
रातो रङले सुख,
नीलो रङले शान्ति,
गुलाफी रङले समृद्धि,
वैजनी रङले स्वास्थ्य,
हरियो रङले दीर्घायु
पहेँलो रङ उल्लाको प्रतीक हुन् । त्यस्तै पुछारमा लगाइने राता अक्षतासहितको टीकाले उमंगको जनाउ दिने शास्त्रीय मान्यता छ ।