• बैशाख १९ २०८३, शनिबार

जुवातास खलिरहेका पोखराबाट ८ जना पक्राउ

असार १६ २०८२, सोमबार

कास्की । पोखरा महानगरपालिका–१६ सुन्दरफिट बस्ने ६६ वर्षीय जस काजी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ७ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।