• बैशाख २२ २०८३, मंगलवार

बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने

असार २६ २०७८, शनिबार

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनले दबाब स्वरूप भोलि(आइतबार) सिंहदरबारमा धर्ना दिने भएको हो।

‘धरानमा आन्दोलनरत सरोकारवाला पक्षहरूलाई देशव्यापी रूपमा जनताको साथ चाहिएको छ। त्यस्तो अवस्था सृजना गर्नु प्रत्येक सचेत नागरिकको अभिभारा हो। अन्यथा स्वास्थ्य र चिकित्सा शिक्षासँगै अन्य क्षेत्रका सार्वजनिक संस्थालाई सही अर्थमा सार्वजनिक स्वामित्वमा ल्याउने प्रत्येक आन्दोलन त्यो संस्थाको मात्र माग हुने, ती आवाज आफैमा खण्डित हुने सम्भावना रहन्छ,’ शनिवार जारी विज्ञप्तिमा भनिएको छ।