• बैशाख २२ २०८३, मंगलवार

रौतहटमा झडप, केही घर र मोटरसाइकलमा आगजनी

असार २५ २०७८, शुक्रबार

रौतहट । रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।
गएराति करिब १० बजेतिर गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच सार्वजनिक जग्गाको बिषयमा भनाभनपछि झडप भएको हो ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् । उनीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ ।

सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।