• बैशाख २२ २०८३, मंगलवार

नायिका जेनी कुँवरद्वारा आत्महत्या

असार २४ २०७८, बिहीबार

काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् ।
काठमाडौंको थापागाउँ स्थित अपार्टमेन्टमा बिहीबार राति करिब ९ बजेतिर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।

कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । उनले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।