धनगढी । टीकापुर नगरपालिका–१ का बालक हत्या आरोपमा दुई किशोरी पक्राउ परेका छन् । प्रहरीले बुधबार मृत फेला परेका साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा दुई किशोरीलाई पक्राउ गरेको हो ।
बालक हत्या आरोपमा १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरिएको बताइएको छ। बालकलाई उनीहरुले आफूसँगै जामुन खान लिएर गएका जनाइएको छ । उनीहरुले बालकलाई कुलोको किनारबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
खुट्टाको चाँदीका बाला निकालेर बालकलाई कुलोमा फालेको किशोरीले स्वीकारेको बताइएको छ । बालकको हत्या घरायसी रिसइबीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का विवेक बिष्ट बुधबार मृत अवस्थामा फेला परेका थिए ।