काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत नेपालीले पीसीआर किट नेपाल पठाएका छन् ।
यूएईमा रहेका नेपालीहरूले झन्डै ४७ लाख रुपैयाँ रकम सङ्कलन गरी ५९ हजार थान पीसीआर किट आज नेपाल एयरलाइन्सको वाइड बडीमार्फत् नेपाल पठाएका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका विभिन्न नेपाली संघसस्थाहरुको अगुवाइ र नेपाली दूतावास आवुधावीको संरक्षणमा मातृभूमि सहयोग अभियान’ सञ्चालन गरेर करिब ४७ लाख सहयोग रकम सङ्कलन गरेका थिए । नेपाल पठाएको ५९ हजार पीसीआर किट सातै प्रदेशमा समान रूपमा वितरण गरिने दूतावास आवुधावीले जनाएको छ ।