काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाईका लागि पेसी हेर्न नभ्याइनेमा परेको छ ।
पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका नेता महन्थ ठाकुरले दायर गरेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो ।
सोमवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो ।
निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुरले आफूमाथि अन्याय भएको भन्दै रिट निवेदन दर्ता गराएका थिए ।