काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । उनी मंगलबार नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी हुन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उनको स्वास्थ्यमा कुनै समस्य आएको छैन । अधिकारीले भने , ‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो। उहाँ प्रायः सरकारी अस्पतालमै परीक्षण गराउनु हुन्छ ।’