• फाल्गुन २७ २०८२, बुधबार

देउवा र मोदीबीच टेलिफोन वार्ता, तत्कालै कोरोना खोप उपलब्ध गराउने

श्रावण ४ २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीमा मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको बताइएको छ ।