• फाल्गुन २७ २०८२, बुधबार

२२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

श्रावण ४ २०७८, सोमबार

काठमाडौँ। नेकपा एमालेले पार्टी निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो ।