• फाल्गुन २७ २०८२, बुधबार

खोप खोप खोप भन्न पर्दैन, तीनपटक लगाए पनि व्यवस्था गरेका छौँ : ओली

श्रावण ४ २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गर्दै जति खोप लगाए पनि आफ्नो कार्यकालमा व्यवस्था भएको बताएका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले तीन पटक लगाएपनि खोपको व्यस्था गरेको दाबी गरे। आफ्नो कार्यकालमा केही नभएको ठाउँबाट सबैले खोप पाउने ठाउँमा पुर्‍याएको उनको भनाइ थियो ।

“तीनपटक लगाए पनि व्यवस्था गरेका छौँ । केही नभएको ठाउँबाट सबैले खोप पाउने ठाउँमा पुर्‍यायौँ । सबैले खोप पाउनेछन् । कसैले खोप खोप खोप भनेर पनि तीनपल्ट पुग्ने गरि व्यवस्था गरेका छौँ ।”

देउवाले आइतबार संसद्को बैठकमा बोल्दै आफ्नो प्राथमिकता खोप, खोप र खोप भएको बताएका थिए ।