काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
आइतबार अध्यक्ष ठाकुरलाई ‘विश्वासको मत सम्बन्धमा’ पत्र लेख्दै सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुर समूहसँग संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
ठाकुर समूहका एक नेताले प्रधानमन्त्री देउवाले आइतबार पत्रमार्फत् मागेको विश्वासको मतका विषयमा पार्टीमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको बताए ।
पत्र पठाएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ता पनि भएको उनले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले मधेशको माग पुरा गर्ने आश्वासन दिएकाले ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।