• बैशाख २२ २०८३, मंगलवार

कपिलवस्तुबाट अमेरिकन पेस्तोल सहित यादव पक्राउ

श्रावण ३ २०७८, आईतवार

तौलिहवा । कपिलवस्तुमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वर प्रसाद यादवलाई प्रहरीले एकथान पेस्तोलसहित पक्राउ गरेको हो ।

यादवलाई हातहतियार तथा खरखजना मुद्दामा कपिलवस्तु जिल्ला अदालतले एक वर्षअघि धरौटीमा छाडेको थियो । साउन १ गते साँझ पक्राउ परेका उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

उनलाई कपिलवस्तु नगरपालिकाको जहदीचोकस्थित तौलिहवा जितपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा यादव चढेको युपी ५५ डब्लु ८३२४ भारतीय नम्बर प्लेटको २२० सिसी बजाज मोटरसाईकल समेत बरामद गरिको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

बरामद पेस्तोल मेड इन युएस ७.६५ लेखिएको प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।