काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएको थिए। उनले आज नै विश्वासको मत लिँदैछन्।