• बैशाख २२ २०८३, मंगलवार

काठमाडौँको नागढुंगाबाट लागू औषधसहित २ युवक पक्राउ

श्रावण २ २०७८, शनिबार

काठमाडौँ। काठमाडौंको नागढुंगाबाट लागू औषधसहित २ जना युवक पक्राउ परेका छन् । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई शनिबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् ।

उनीहरुबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाईट्राभेट ४४ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। ।