काठमाडौँ। नेपाली काँग्रेसले आफ्ना केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणको निन्दा गरेको छ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा कृयाशील सदस्यता छानविन समितिका सदस्य घिमिरेमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय भन्दै काँग्रेस प्रवक्ता तथा सूचना, संचार तथा प्रचार विभाग प्रमुखविश्वप्रकाश शर्माले शनिबार बिहान एक विज्ञप्ति सार्वजनिक गरेर घिमिरेमाथि भएको आक्रमणको निन्दा गरेका हुन्।
कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा घिमिरेमाथि एकाएक आक्रमण गरिएको उल्लेख गर्दै शर्माले यस्ता काम पार्टीको अनुशासित सदस्यले गर्न नसक्ने र यस्तो परिचय अनुशासित सदस्यको हुन नसक्ने बताएका छ।।
महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा बताइएको छ ।