• बैशाख २२ २०८३, मंगलवार

एमाले फुटाउने षड्यन्त्र हुनसक्छ,सचेत रहौँ : अध्यक्ष ओली

श्रावण १ २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटाउने षड्यन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेकोले सचेत हुनुपर्ने उनले बताए ।

उनले भने, ‘एमालेविरुद्ध अझै षड्यन्त्र हुन सक्छ । अध्यादेश ल्याएर पार्टी फुटाउने खेल भइरहेको छ । सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ । सचेत रहौँ ।’

यस्तै उनले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि नै षड्यन्त्र भइरहेको आभास आफूलाई भएको बताए ।

उनले भने, ‘न्याय परिषदको सिफारिसमा बन्नुपर्ने संवैधानिक इजलास निवेदकको र बार एसोसिएसनको दबाबमा बनेबाटै षडयन्र सुरु भएको थियो । यो फैसलामा हाम्रो सहमति छैन्। तर हामी लोकतन्त्रवादी भएकोले कार्यान्वयन गरिसकेका छौं।’