• मंसिर १२ २०८१, बुधबार

नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने चीन सरकारको निर्णय

श्रावण १ २०७८, शुक्रबार

काठमाडौँ। चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ।