काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा ओली पक्ष नेताहरूको मात्र उपस्थिति रहेको थियो।
यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत बैठकले गरेको छ। पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहरसमेत गरेको छ ।
सर्वोच्च अदालतको परामादेशले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेका छन् । उनले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।