• मंसिर ११ २०८१, मंगलवार

दक्षिण अफ्रिकामा लुटपाट, हिंसामा ११७ को मृत्यु

श्रावण १ २०७८, शुक्रबार

काठमाडौं । दुई सातादेखि जारी प्रदर्शन नियन्त्रणका लागि दक्षिण अफ्रिकाले सेना परिचालन गरेको छ । झण्डै २० हजार सेनाको टुकडीलाई प्रहरीको सहयोगमा पठाइएको छ ।

त्यहाँ हिंसात्मक प्रदर्शनबाट मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुगिसकेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेसँगै उनका समर्थकहरूले हिंसा र लुट मच्चाएका हुन् ।

दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेतको शासन समाप्त भएको वर्ष १९९४ पछि एकै पटक यति ठूलो सङ्ख्यामा सैनिक परिचालन गरिएको यो पहिलो पटक हो । हतियार सहितका अत्याधुनिक गाडीमा बिहीबार सैनिकहरू गउटेङ प्रान्तमा डुलेका थिए ।

राजधानी जोहानेसवर्ग र प्रिटोरिया शहर पनि यही प्राप्तमा पर्छ । पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेपछि शुक्रबार प्रदर्शन सुरु भएको भए पनि गरिबी र असमानताले यो प्रदर्शन चर्काउन ठूलो भूमिका खेलेको छ ।