• बैशाख २२ २०८३, मंगलवार

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश

असार ३१ २०७८, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।

इजलासले रूपा सुनारले दिएको रिटमा सुनुवाइ गर्दै भनेको छ– निवेदिकाले श्रेष्ठविरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकोले सो जाहेरी दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नूर गराउनू।

सुनारलाई जातीय विभेद गरेर डेरा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई छुटाएर पूर्वमन्त्री श्रेष्ठले आफ्नै गाडीमा घरसम्म पुर्याएका थिए।